रिना वस्नेत मृत्यु प्रकरण : कमल नेपाल रिहा - Crazysaptahik.com

रिना वस्नेत मृत्यु प्रकरण : कमल नेपाल रिहा


क्रेजी साप्ताहिक

पथरी । मोरङको पथरीशनिश्चरेमा भएको रिना वस्नेत मृत्यु प्रकरणमा पक्राउ परेका रिनाका प्रेमी भनिएका कमल नेपाल बुधबार रिहा भएका छन । गत वैशाख ७ गते आफ्नै कोठा अगाडी नग्न अवस्थामा मृत भेटिएकी रिनाको तीन तलाबाट लडेरै मृत्यु भएको प्रहरीले अन्तिम निश्कर्ष निकाले पछि नेपाल १० हजार धरौटीमा रिहा भएका हुन । घट्नाको सुरु देखि रिना हत्या नभई लडेर मृत्यु भएको बताउँदै आएको प्रहरीले रिनाको ब्वाईफेण्ड भनिएका नेपाललाई पक्राउ गरी सार्वजनिक मुद्दामा म्याद थपेर अनुसन्धान गर्दै आएको थियो । कमलले रिना मृत्युमा कुनै संलग्न नभएको कारण उनी छुटेका हुन ।

यसअघि अनुसन्धानमा खटिएका एक प्रहरीले भने कमल नेपालको रिनाको मृत्यु सँगै कुनै तालमेल नमिलेको कारण छुट्ने बताएका थिए । पोष्टमार्टम रिपोर्टले पनि रिनाको हत्या नभई लडेर नै भएको बताए सँगै प्रहरीले अनुसन्धानको लागि मात्र कमल नेपाललाई पक्राउ गरेको जनाएको थियो ।
नेपाललाई अभद्र ब्यवहार मुलुकी फौजदारी अपराधान संद्यिता २०७४ को दफा ११८ मा मुद्दा दायर भएको थियो । सो मुद्धामा बुधबार दिउसो जिल्ला अदालत मोरङको आदेशमा १० हजार धरौटी बुझाएपछी उनी रिहा भएका हुन l

सम्बन्धित खवर