पथरीशनिश्चरे –३ ले सार्वजानिक गर्यो लाभग्राहीकोे विवरण र व्यय विवरण - Crazysaptahik.com

पथरीशनिश्चरे –३ ले सार्वजानिक गर्यो लाभग्राहीकोे विवरण र व्यय विवरण

क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नं. ३ ले विविध शीर्षकमा सेवा प्रवाह गरेका विवरणहरू सार्वजानिक गरेको छ । वडाले २०७५ साउनदेखि २०७६ वैशाख ३१ गतेसम्मको विविध शीर्षकमा सेवा प्रवाह गरेका विवरणहरु सार्वजानिक गर्दै आर्थिक वर्ष २०७५/७६ कोे व्यय अनुमान पनि सार्वजानिक गरेको छ । जसमा कल्भर्ट निर्माण, पैनी मर्मत, घुम्ती मार्ग सडक स्तरोन्नति, जस्तापाता खरिद तथा निर्माण, बालबालिकाहरुको बालमैत्री कार्यक्रम, महिलाहरुको सीप विकास तालिम लगायत रहेका छन् ।

विहिबार वडा कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गरी सो विवरणहरू सार्वजानिक गरिएको हो । जस अन्तर्गत नागरिकता सिफारिस १ सय ७९, नागरिकता प्रतिलिपी सिफारिस १ सय १८, पारिवारिक कार्ड १ सय २५, घर बाटो सिफारिस २ सय २, नाता प्रमाणित ६२, चार किल्ला प्रमाणित १ सय ७७, अंग्रेजी पेपर ३४, सामान्य सिफारिस चलानी १ हजार २९ वटा, सामान्य सिफारिस दर्ता संख्या १ हजार ५० वटा रहेको छ । जसअन्तर्गत ५ लाख २० हजार ४ सय ४८ रुपैयाँ संकलन भएको छ ।

यसैगरी जन्मदर्ता पुरुष १ सय ३५ जना, महिला १ सय २०, मृत्युदर्ता पुरुष ३२, महिला २८, सम्वन्ध विच्छेद ३ वटा, विवाह ७९ जोडी, बसाईसराई आएको ६९ परिवार, बसाईसरी जाने १ सय ४१ रहेको पत्रकार सम्मेलनका जानकारी गराइयो । यस्तै वडा नं. ३ मा साउनदेखि वैशाख मसान्तसम्म दर्ता हुन आएका सामाजिक सुरक्षा लाभग्राहीहरुको विवरण पनि सार्वजानिक गरियो । जस अन्तर्गत एकल महिला ३०, दलित जेष्ठ नागरिक ११, जेष्ठ नागरिक ६४, दलित बालबालिका भत्ता १७, पूर्ण अपाङ्गता ४, आंशिक अपाङ्गता भत्ता ३ गरी जम्मा १ सय २९ जनाको सामाजिक सुरक्षा दर्ता हुन आएको छ ।

पथरीशनिश्चरे वडा कार्यालय ३ ले संभावित विकास निर्माण पनि सार्वजानिक गर्यो । जसमा १५ वटा ग्रावेल बाटो र ७ वडा कल्भर्ट रहेको पनि वडाध्यक्ष डम्बर चेम्जोङले जानकारी गराए । वडाले आइतबार ४ वटा टोल विकास समिति पनि गठन गरिने जानकारी गराए ।

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=zayggFr7D8U

सम्बन्धित खवर