क्रेजी साप्ताहिक
उर्लाबारी । सरकारले ल्याएको मिडीया संशोधन विधेयकको विरुद्धमा पुर्वी मोरङ्गका पत्रकारहरु आन्दोलीत भएका छन् । कुनै पनि समाचार अलिकति पनि गलत ठहरीए तथा कसैका विरुद्धको भए विधेयकमा ल्याइए अनुसार २५ हजार देखी १० लाख सम्म जरिवाना र ५ वर्ष जेल सजाय हुन सक्नेछ । सोही विधेयकको विरुद्धमा देशभरिका पत्रकारहरु आन्दोलीत वनेका हुन ।
नेपाल पत्रकार महासंघ पुर्वी मोरङ्ग शाखा को आयोजनामा भएको विरोघ ¥याली पछिको कोण सभामा वोल्ने वक्ताहरुले पत्रकारलाई फसाउन सरकारले विद्येयक ल्याएको आरोप लगाए । मोरङ्गको उर्लावारीमा सह–सचिव राईको सभापतित्वमा आज विहान पत्रकारले आफ्ना सन्चार सामाग्री सडकमै राखेर विरोध जनाएका हुन । क्यामेरा,कलम,डायरी र ल्यापटप सन्चारकर्मीले सडकमा राखेर विधेयकको विरोध गरे ।
नेपाल पत्रकार महासंघको अगुवाइमा देशै भरी विरोधका कार्यक्रम भइरहेको नेपाल पत्रकार महासंघ मोरङका सह–सचिव सन्तोष राई वताउछन् । सो कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय पार्सद अर्जुन जम्नेली राईले संन्चारकर्मीलाई वोल्न र लेख्न प्रतिवन्ध गराउन सरकार लागेको आरोप लगाए । उनले ३३ केजी सुनकाण्ड र वाइडवडि काण्ड जस्ता अन्य कर्तुत वाहिरीने डरले सरकारले कलमको घाँटी निमोठ्न खोजेको आरोप लगाए ।
पत्रकारीताको पुरानो इतिहासमा पनि यस्तो खालकोे नियम नभएको भन्दै यसले निरकुशता थपेको सन्चार क्लव मोरङ्गका सस्थापक अध्यक्ष दुर्गा प्रसाद खतिवडाको आरोप थियो । वुधवार पत्रकारहरुले नेपाल सरकारका कानुन मन्त्री भानुभक्त ढकाललाई सामुहीक एस एम एस समेत गरेका थिए ।