बुद्धजयन्तीमा विविध कार्यक्रम - Crazysaptahik.com

बुद्धजयन्तीमा विविध कार्यक्रम

प्रेमप्रसाद भट्टराई(के.डी) शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औ जयन्ती आज देशभर विभिन्न मनाइएको छ । यसै क्रममा मोरङको पथरीशनिश्चरे १ मा रहेको साङाग छ्योइलिङ गुम्वाले पनि विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

गुम्बा समितिका अध्यक्ष दिलबहादुर पाख्रिनको सभाध्यक्षतामा भएको कार्यक्रममा मोरङ क्षेत्र नं ३ ‘क’ तर्फका सांसद सूयर्माराज राईको प्रमुख आतिथ्यता रहेका थिए । त्यस्तै विशिष्ट अतिथिहरुमा मोरङ क्षेत्र नं ३ की समानुपातिक सांसद कृष्णुमारी राई, पथरीशनिश्चरे नगरपालीकाका प्रमुख दिलिपकुमार राई, उप–प्रमुख यमुना विश्ट (वास्तोला) लगायत रहेका थिए । कार्यक्रममा नृत्य तथा गायन पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले शान्तिका दूत गौतम बुद्ध जन्मिएको देशमा अशान्ति मच्चीरहेकोमा दुःख व्यक्त गरेका थिए । पथरीशनिश्चरेमा भएका विभिन्न श्रृङखलाबद्ध घटनावाट स्थानीयवासी अशान्त भएर वस्नुपरेकोमा आफू दुःखी बनेको समेत उनले वताए । कार्यक्रममा सांसद कृष्णकुमारी राई, नगर उप–प्रमुख यमुना विष्ट वास्तोला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर