महिला हिंसा न्यूनिकरण र नेतृत्व विकास तालिम - Crazysaptahik.com

महिला हिंसा न्यूनिकरण र नेतृत्व विकास तालिम


क्रेजी साप्ताहीक  l  पथरी
लायन्स क्लब अफ पथरीशनिश्चरेले ‘महिला हिंसा न्यूनिकरण एवम् नेतृत्व विकास’ सम्वन्धी ३ दिने तालिम सुरु गरेको छ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा हुने उक्त तालिमको आज एक कार्यक्रमकाबीच नगरपालिका उप–प्रमुख यमुना विष्ट वास्तोलाले प्रमुख अतिथिका रुपमा उद्घाटन गरिन् ।

कार्यक्रममा बोल्दै नगरउपप्रमुख वास्तोलाले महिला हिंसा न्यूनिकरण र नेतृत्व विकासमा यसखाले तालिमले नगरका महिलालाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कार्यपालिका सदस्य मैनाकुमारी राई, लायन्स क्लब अफ पथरीका अध्यक्ष रोशन बुढाथोकी, लायन्स क्लब अफ पथरीशनिश्चरेकी उपाध्यक्ष देवी राईले मन्तव्य व्यक्त गरे । लायन्स क्लब अफ पथरीशनिश्चरेकी अध्यक्ष एवम् नेपाल जेसीजकी प्रशिक्षक मञ्जरी घिमिरेले तालिमको सहजिकरण गरेकी थिइन । नगरको महिला लक्षित कार्यक्रम अन्तर्गतको तालिममा, नगरका महिला संस्थाका अगुवा तथा महिला जनप्रतिनिधिको सहभागिता रहेको छ ।

सम्बन्धित खवर