बिमान दुर्घट्ना हुँदा पाँच जनाको मृत्यु - Crazysaptahik.com

बिमान दुर्घट्ना हुँदा पाँच जनाको मृत्यु

क्रेजी साप्ताहिक। होन्डुरस र होन्डुरसको रोटान द्वीपमा एउटा बिमान दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलट रहेका छन् ।

प्रहरीका अनुसार रोटानको बिमानस्थलबाट उडेको केही मिनेटभित्रै उक्त बिमान डिक्सन कोभ शहर नजिक दुर्घटनाग्रस्त भएको थियो । मृत्यु हुनेहरुमा ब्राड्ली पोस्ट, बेली सोनी, टमी डब्लर तथा पाइलटद्वय प्याट्रिक फोरसेठ र एन्थोनी डब्लर रहेका छन । उक्त जहाज रोटानबाट करिब ७७ किलोमिटर टाढाको अर्को शहर ट्रुजिल्लोतर्फ गइरहेको थियो ।

सम्बन्धित खवर