विपन्नलाई घर बनाउने अभियान सुरु - Crazysaptahik.com

विपन्नलाई घर बनाउने अभियान सुरु


क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे २ स्थित लाटीझोडा कसेनी टोलका आर्थिक समस्यमा रहेको एक परिवारलाई स्थानीयको सहयोगमा घर बनाउने अभियान सुरु भएको छ । स्थानीय चन्द्रबहादुर लिम्बूको वाँसको खम्वा र खरको छानो भएको सामान्य घामपानी पनि नछेक्ने घर भत्काएर नयाँ घर निर्माणका लागि वडा सदस्य पर्शुराम न्यौपानेको अगुवाईमा पहल थालिएको हो ।

हिजो एक कार्यक्रमकाबीच नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले घरको शिलान्यास गर्दै नगरमा भएका यसखाले विपन्नका लागि नगरले सहयोग पु¥याउने वताइन । उनले सो घरमा टिनको छानो लगाउनका लागि आफ्नो पहलमा नगरपालिकामार्फत १५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा समेत गरिन । कार्यक्रममा बोल्दै वडाध्यक्ष यामप्रसाद गुरागाईं, चौतारी सामुदायिक वन समिति अध्यक्ष मेघराज चापागाईं सहितले घर निर्माणमा सहयोग अभियान सञ्चालन गर्ने वताएका छन् ।

१५ धुर ऐलानी जग्गामा झुप्रे घर रहेका लिम्बूले ज्याला मजदुरी गरेर २ सन्तान र आफु रहेको ३ जनाको परिवार जेनतेन धान्दै आएका थिए । उनको दयनीय अवस्था देखेर कर्णध्वज लिम्बूको संयोजकत्वमा घर निर्माण समिति गठन गरी अभियान अघि बढाइएको छ । शिलान्यास कार्यक्रममै स्थानीय जितेन्द्र लिम्बूले सिमेन्ट १० बोरा, हर्कबहादुर लिम्बूले २ बोरा, प्रेमकुमार देवान २ बोरा तथा राजकुमार लिम्बू, शेरबहादुर लिम्बू, विजय लिम्बू, रुकमान लिम्बू र खडानन्द न्यौपानेले १,१ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । तेजबहादुर लिम्बू, खड्गप्रसाद भारती, रुद्र लिम्बू, गंगाप्रसाद गिरी, खड्गप्रसाद भारती, कालिबहादुर लिम्बूले ५,५ सय सहयोग प्रदान गरे । यसका साथै लालबहादुर सोडारी, शेरबहादुर लिम्बू सहितका मिस्त्रीले निःशुल्क श्रम खर्चिने भएका छन । चौतारी सामुदायिक वनले आवश्यक काठ निःशुल्क उपलब्ध गराएर उत्साह भरेको छ ।
आर्थिक समस्यामा रहेका स्थानीय विजय लिम्बूको खरको छानो छाउनका लागि नगरपालिकामार्फत जस्तापाता उलब्ध गराइने पनि उपप्रमुख वास्तोलाद्धारा सोही कार्यक्रममा घोषणा भएको छ ।

सम्बन्धित खवर