क्रेजी साप्ताहिक
पथरी । पथरी उद्योग वाणिज्य संघले पथरीशनिश्चरे नगरपालिकाको कार्यालय पथरीशनिश्चरे–१, को बजार दक्षिणमै कार्यालय हुनुपर्ने माग अगाडि सारेको छ ।
विहिबार संघका पदाधिकारीले नगरपालिकाको नगरपालिकाको कार्यालयमै गएर नगरप्रमुख दिलिपकुमार राईलाई ध्यानआकर्षण पत्र बुझाँउदै उक्त माग गरेको हो ।
पथरी उद्योग वाणिज्य संघको ६ गते बसेको बैठकले पञ्चायत माविले संरक्षण गर्दै आएको पथरी बहुमुखी क्याम्पस पूर्वको खाली ७ विगा जग्गामा नगरपालिकाको कार्यालयको भवन बनाउने निर्णय गरेको थियो । वडा नं. १०, २ र १ गरी तीन वटै सिमानाले छुने ठाउँमा संघले प्रस्ताव गरेकोले सवैको पायक पर्ने जनाउँदै विरोध अवरोध नहुने संघका महासचिव अशोक कुमार राईले बताए ।
अध्यक्ष दीपक बस्नेत र महासचिव अशोक कुमार राईको हस्ताक्षर भएको पत्रमा आर्थिक बर्ष २०७६÷०७७ मा बजेट छुट्याई काम सुरु गर्नुपर्ने उल्लेख गरेका छन् । व्यक्तिगत स्वार्थमा नअल्मलिईं ‘हाम्रो नगर हाम्रो शान’ मुल ध्येयका साथ नगरवासीको सुख समृद्धिका नीहित स्वार्थहरुमा अडिग रहँदै नगरका आफ्ना गतिविधिहरु अघि बढाउँन समेत ध्यानआकर्षर्ण गरेका थिए ।
नगरपालिकाको नगरप्रमुख दिलिप कुमार राईले नगरपालिकाको नाममा जग्गा अहिले सम्म उपलब्ध नभएकोले हामी बाध्यताले पुरानै ठाउँमा बसेको छौँ । र नगरपालिकाको नाममा जग्गा भेटिएमा हामी विभिन्न राजनीतिक दल र स्थानीयहरुको सहमति जुटेमा जान तयार भएको बताए । यसैगरी पथरीशनिश्चरे नगरपालिकाको केन्द्रका विषयमा जारी विवाद अन्त्य गर्नका लागि नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्वमा नगरपालिकाले समिति निर्माण गरेको छ । नगर कार्यपालिकाको विहिबारको बैठकले केन्द्रको विवादलाई सुल्झाएर जग्गाप्राप्तिको पहल गर्न उप्रमुखलाई संयोजक तोकी ३ जना वडाध्यक्ष र १ जना कार्यपालिका सदस्य रहेको समिति निर्माण गरेको छ ।
समितिले केन्द्र राख्न तोकिएको स्थानको जग्गा प्राप्तिको पहल र नगरपालिकाको ‘पथरी शनिश्चरे’ नामलाई पनि हसन्दहको समेत भावनालाई समेट्दै उपयुक्त नाम जुराउने विषयमा समेत टुंगो लगाएर भदौ १० गतेसम्ममा प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।
२०६८ साल साउन ३२ गतेको राजनीतिक सहमति, त्यसपछि पुनरावेदन हुँदै सर्वाेच्च अदालतले समेत गरेको फैसलामा हालको वडा नम्वर १० स्थित भूटानी शरणार्थी शिविर क्षेत्रमा नगरपालिका केन्द्र तोकिएको थियो । तर सो क्षेत्रमा जग्गा प्राप्ति भइनसकेको भन्दै नगरपालिकाले साविकको पथरी गाविस कार्यालयमा अस्थाई केन्द्रका राखिएको छ । जसका कारण भवन साँघुरो भएर कामकाजमा समस्या हुँदै आएको छ ।
भिडियो हेर्नुहोस्
https://www.youtube.com/watch?v=rxExE69LCl4