मोदीको जीतले विरञ्जमा खुसियाली मनाउदै ¥याली ! - Crazysaptahik.com

मोदीको जीतले विरञ्जमा खुसियाली मनाउदै ¥याली !


क्रेजी साप्ताहिक । भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएसंगै नरेन्द्र मोदिको पार्टी भाजपा भारी वहुमतका साथ निर्वाचित भएको छ । यो सँग साँगै मोदि भारतमा दोश्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित भएके छ । भारतमा नरेन्द्र मोदि प्रधानमन्त्री बन्दा नेपालमा पनि खुसियाली मनाउने क्रम जारी छ । प्रधानमन्त्री के.पी ओलीले हिजो मतपरिणाम सार्वजनिक नंै नभइ ट्विटमार्फत वधाइ दिए ।

प्रदेश नम्बर दुईको पर्सामा प्रधानमन्त्री नरेन्द्र मोदीको जितमा विभिन्न समुहले तामझाका साथ खुसियाली मनाएका छन् । उनीहरुले वीरगन्जमा अलग अलग ठाउँमा मोदीको तस्बिर राखिएको ब्यानर हातहातमा बोकेर बजार परिक्रमा गरेर अन्त्यमा एक ठाउँमा भेला भएर दीप प्रज्ज्वल गर्दै मिठाइ पनि बाँडेका छन् । त्यस्तै मोदीको जीतमा विश्व हिन्दू संगठन नामका युवाले पनि मोटरसाईकल ¥याली निकालेर खुसियाली मनाएका छन् । उनीहरुले विरगञ्जको घन्टाघरबाट मोटरसाइकल ¥याली निकालेका थिए ।

मोटरसाइकलसहित ¥यालीमा निस्किएका उनीहरुले ‘हर हर मोदी, घर घर मोदी’, ‘आउ मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा छौँ ‘ जस्ता नारा लगाएका थिए । मोदीको जीतले नेपाललाई हिन्दु राष्ट्र बनाउन सहयोग हुने उनीहरुको अनुमान छ । ¥यालीमा सहभागी एक सदस्यले भने ‘मोदीको जीत हिन्दु नेपालीहरुको हितको कुरो हो, यसले नेपाललाई हिन्दु राष्ट्र बनाउन मद्धत पुग्नेछ ।’

सम्बन्धित खवर