क्रेजी साप्ताहिक । भारतमा भएको लोक सभा निर्वाचनमा कम्युनिष्ट पार्टीले हालसम्मकै न्युन सिट हासिल गरेका छन् ।
एक समयको गढ पश्चिम बंगालमा खाली हात हुँदा उसकै सरकार रहेको केरला राज्यमा जम्मा १ सिट पाएको छ । अब भारतमा कम्युनिष्टको कुल सिट ५ मात्र रहेको छ ।
हुनत कम्युनिष्टको मत घट्न थालेको सन् २००९ देखि नै हो । सन् २००४ मा संसदीय इतिहासकै सबैभन्दा धेरै लोकसभा सिट जितेका कम्युनिष्टले लगतै पछि सन् २००९ मा जम्मा २४ सिटमात्र जित्यो । त्यसपछि मोदीको लहरमा कम्युनिष्टहरु झनै खुम्चिए । सन् २०१४ मा जम्मा १० भोट ल्याएको कम्युनिष्ट अहिले त्यसको पनि आधामा खुम्चिन पुगेका छन् । सन् २००४ मा ५९ सांसद जित्दा कम्युनिष्टका थिए । यो सँगै उ बेला युपिए सरकार गठन गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । हाल प्राप्त पाँचमध्ये चार सिट तमिल नाडूबाट प्राप्त भएको थियो । त्यहाँ कम्युनिष्ट त्यति बलियो शक्ति होइनन् । उसले डीएमकै समर्थक लहरमा यति मत पाएको विश्वास गरिएको छ । कम्युनिष्टका केही महत्वपूर्ण उमेद्वारमध्ये निवर्तमान सांसद तथा पोलिट्व्युरो सदस्य मोहम्मद सलिम र बदरुद्दोजा खान तिनको निर्वाचनमा क्षेत्रमा क्रमशः तेस्रो र चौँथोमा आएका छन् । केरलामा सबरीमाला विवाद र वायनादबाट राहुल गान्धी लड्ने निर्णयले प्रभाव पारेका देखिएको छ । त्यस्तै, कम्युनिष्टले देखाउने अनुहार भएका कन्हैया कुमारले दोस्रो भए ।
पश्चिम बंगालमा कम्युनिष्ट मत भाजपातर्फ सरेको छनक बुझिएकोको छ । काँग्रेस लहर आएको समय कम्युनिष्टले राम्रो मत पाएको इतिहास छ । सन् १९८० मा उसले ५४ सिट जितेको वर्ष इन्दिरा गान्धी निर्वाचित भएकी थिइन् । पछि इन्दिराको हत्यापछि भएको सन् १९८४ को निर्वाचनमा उनीहरुको मत ३३ मा झर्यो । सन् १९९१ मा सोभियत संघको पतनपछि भएको निर्वाचनमा पनि उसले ५६ सिट जितेको थियो । अहिले भारतमा कम्युनिश्ट पतन भइसक्दा पनि नेपालमा भने भारतिय काङ्ग्रेसको मतलाई लिएर नेपालका कम्युनिश्टहरुले तालि पड्काउन छोडेको छैनन् ।