मिसपथरीशनिश्चरेका प्रतिस्पर्धीलाई पुरस्कार वितरण - Crazysaptahik.com

मिसपथरीशनिश्चरेका प्रतिस्पर्धीलाई पुरस्कार वितरण


प्रेमप्रसाद भट्टराई (के.डी) । मिस पथरीशनिश्चरेको पुरस्कार वितरण कार्यक्रम हिजो सम्पन्न भएको छ । मिस पथरीशनिश्चरेका विजेता, उपविजेता तथा सहभागिहरुलाई आयोजक माउन्ट एभरेष्ट इनटरटेन्टमेन्टले हिजो एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरेको छ ।

मिस पथरीशनिश्चरेकी बिजेता रिजु भटराई, फस्र्ट रनरअप तुलसा नेम्वाङ र सेकेन्ड रनरअप रेजिना राई लाई क्रमश नगद रु ७५ हजार, ५० हजार, र २५ हजारको चेक र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै आयेजकले विभिन्न टाइटलको उपाधी जित्ने प्रतियोगिहरुलाई पनि जनही नगद रु ७ हजार र प्रमाणपत्र प्रदान गरेको छ । वैशाख ४ गते प्रथम मिस पथरीशनिश्चरेको फाइनलबाट रिजु भटराई विजेता, तुलसा नेम्वाङ फस्र्ट रनरअप र रेजीना राईले सेकेण्ड रनरअपको उपाधी हात पारेका थिए । पुरस्कार कार्यक्रममा पथरी जेसिजका अद्यक्ष मान दियाली, पथरीशनिश्चरे वडा नं–१० का वडा सदस्य अनोज घिमिरे, वडा नं–७ का वडासदस्य काशीहाङ राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर