डाँस खोलामा तट्बन्धन - Crazysaptahik.com

डाँस खोलामा तट्बन्धन


प्रेमप्रसाद भट्टराई (के.डी)
काङग्रेस नेता गणेश खड्काको पहलमा मोरङ्गको पथरीशनिश्चरे स्थित डास खोलामा वाध वाधिने भएको छ । खोलामा बाँध बाधिने भएपछि भएपछि स्थानियवासी हर्षित वनेका छन् । आज काङग्रेस नेता गणेश खड्का, पथरीशनिश्चरे वडा नं १० का वडाध्यक्ष सागर राई, उपभोक्ता समितिका अध्यक्ष दिपक राई, सचिव दिपेन्द्र दाहाल र स्थानिय समाजसेवि अर्जुन पोख्रेलले सो तट्वन्धनको शिलान्यास गरे । गणेश खड्काको पहलपश्चात सिचाई मन्त्रालय अन्तर्गतको जल उत्पन्न प्रकोप विभाग वाट ४२ लाखको वजेटमा सो वाध वाधिने भएको हो । जिरीखीम्ती तर्फको १सय ४२ मिटरमा ६ मिटरको लजिङ्ग जाली लगाएर खोला नियन्त्रण गरिने उपभोक्ता समितीका सचिव दिपेन्द्र दहालले जानकारी दिए ।
नेपाली काग्रेसका क्षेत्रीय सभापती गणेश खडका,वडा अध्यक्ष सागर राईले सो तटवन्धन कार्यको शुभारम्भ गरेका हुन । सो तटवन्धन निर्माण सम्पन्न भएपछि पथरीशनिश्चरे १० जिरिखिम्तीका २७ भन्दा वढी घर डास खोलाको वाडीको त्रास वाट मुक्त हुनेछन्् ।

सम्बन्धित खवर