पथरीशनिश्चरेमा कला साहित्य उत्सव हुने - Crazysaptahik.com

पथरीशनिश्चरेमा कला साहित्य उत्सव हुने


क्रेजी साप्ताहिक पथरी ।
पथरीशनिश्चरे नगरपालीकाको सहयोग तथा कला साहित्य प्रवद्र्धन समिति पथरीशनिश्चरेको आयोजनामा प्रथम पथरीशनिश्चरे कला साहित्य उत्सव–२०७६ हुने भएको छ । जेठ १८ र १९ गते हुने सो उत्सवमा एभरेष्ट आर्ट फ्युजनको सह–आयोजना रहनेछ ।

शिन भिलेज पार्टी प्यालेसमा हुने उक्त कार्यक्रमको पहिलो दिन जातिय मौलिक साँस्कृतिक झँकी प्रस्तुति, मौलिक गीत र नृत्य प्रस्तुति चित्रकला र मूर्तिकला प्रदर्शनि, नगरको कला र साहित्यको अवस्थाबारे कार्यपत्र प्रस्तुति लगायतका कार्यक्रम रहेका छन् । सोहि दिन साँस्कृतिक झाँकीले रत्नचोकबाट बजार परिक्रमा गरि कार्यक्रमस्थल सिन भिलेज पार्टी प्यालेस तर्फ लाग्नेछ । कार्यक्रममा स्रस्टा सम्मा कार्यक्रम अन्तर्गत स्वर्गिय सि.एम कन्दङवालाई सम्मान गर्नेछ । त्यस्तै दोश्रो दिन साहित्यको अवस्था विषयमा कार्यपत्र तयार पार्ने, प्रदेश नं १ का प्रतिनिधिमूलक सर्जकका सृजना प्रस्तुति तथा मौलिक गीत र नृत्य प्रस्तुति, चित्रकला र मूर्तिकला प्रदर्शनीको कार्यक्रम रहेको कार्यक्रम संयोजक अमीर राईले बताए । कार्यक्रममा आयोजकले करिब तिन लाख खर्च हुने अनुमान गरेको छ । एभरेष्ट आर्ट फ्युजनले नगरमा रहेर भाषा,कला र साहित्य सम्बन्धि विभिनन योगदान दिदै आएको छ ।

सम्बन्धित खवर