सानोमा राम्रो नृत्य गर्ने मनु यसरी आईन गायन क्षेत्रमा - Crazysaptahik.com

सानोमा राम्रो नृत्य गर्ने मनु यसरी आईन गायन क्षेत्रमा

 


क्रेजी साप्ताहिक । नेपाली साँगीतिक क्षेत्रमा संघर्षरत नाम हो मनु लिम्बु । पहिलो एल्बम ‘मन्द मन्द’ बजारमा ल्याएर परिचित बनेकी उनि वाल्यकालमा निक्कै राम्रो नृत्य गर्थिन । उनलाई सबैले नृत्यमै भबिष्य बनाउछिन् भन्ने धेरै थिए । स्कुल तथा गाउँमा हुने प्रतियागिता कार्यक्रममा नृत्य मार्फत उनले सबैको मन जित्थिन् । पुरस्कार पनि पाउँथिन् । तर पनी पछि उनले राम्रो लक्षण देखाईन् गायनमा । सो अनुरुप उनी लामो समयसम्म संगीत साधनामा लागेर पहिलो एल्बम निकाल्न सफल भईन् ।

गायनबाट परिचित उनी गायनको शिलशिलमा देशविदेका स्टेजहरुमा समेत प्रस्तुति दिइसकेकी छिन । गायिकाको रुपमा रुपमा आफुलाई स्थापित गर्ने यात्रा जारी छ ,उनको । पहिलो एल्बमबाट आम्दानी भन्दा पनि नेपाली गीतसंगीत क्षेत्रमा भोग्नुपर्ने संघर्षबारे अवगत भईन मनु । नेपाली गीतसंगीतलाई बुझ्ने मौका पाए,मनु भन्छिन् । ‘मन्द मन्द’ , ‘गुनासो रह्यो’, र ‘छनछन चुरा बज्यो’, स्रोताहरुले रुचाएको गीत हो उनको ।

सम्बन्धित खवर