किर्तिपुरमा सिलाई कटाई तालिम - Crazysaptahik.com

किर्तिपुरमा सिलाई कटाई तालिम


क्रेजी साप्ताहिक

पथरी । पथरीशनिश्चरे ७ स्थित किर्तिपुरमा महिलाका लागि १ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ ।
किर्तिपुर महिला सिलाई कटाई सिपमुलक तालिम केन्द्रको आयोजनामा सम्पन्न भएको सो तालिममा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले महिला आत्मनिर्भर हुनका लागि यस्ताखाले कार्यक्रम नगरले सञ्चालन गरिरहेको वताइन् । उनले त्यहाँका महिलाहरुको सामुहिक उत्थानका लागि थप सिलाई मेसिन समेत उपलब्ध गराउन पहल गर्ने बताइन् ।

नगरपालिका अन्तर्गत १ लाख रुपैयाँको बजेटमा ४५ जनाका लागि सञ्चालन गरिएको तालिममा लक्ष्मी मगरले सहजिकरण गरेकी थिइन् । सो केन्द्रमा हाल ६ वटा सिलाई मेसिन रहेको छ ।

सम्बन्धित खवर