मोरङ्गी खोला तटवन्ध शिलान्यास - Crazysaptahik.com

मोरङ्गी खोला तटवन्ध शिलान्यास

क्रेजी साप्ताहिक पथरी ।
मोरङको पथरी शनिश्चरे १० जिरिखिम्तीस्थित मोरङ्गी खोलाबाट वस्तीको संरक्षण गर्ने कार्यक्रम अन्तर्गत आज तटवन्ध कार्यको शिलान्यास भएको छ ।

नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, कार्यपालिका सदस्य मैनादेवी आचार्य फूँयाल र वडा सदस्य अनोज घिमिरेले संयुक्त रुपमा उक्त योजनाको शिलान्यास गरेका हुन् । नगरपालिकाको २२ लाख ६० हजार, उपभोक्ताको ३ लाख ३९ हजार, उपभोक्ता श्रमदान ९ हजार २ सय २३ गरी कुल २६ लाख ८ हजार २ सय २३ रुपैंयाको लागतमा तारजालीको तटवन्ध निर्माण हुनेछ ।

मोरङ्गी पुल उत्तर २ ठाउँमा तारजालीको स्कोर रहने छ । पुल दक्षिण बाँध नजिकबाट खोलाको दुवैतर्फ ५ सय ३९ मिटर ताराजाली जोडिएको स्परको डिल बनाइने उपभोक्ता समिति अध्यक्ष धनबहादुर श्रेष्ठले बताए । डिलको भित्रीभागमा पूर्वतर्फ बाटो समेत बनाउने योजना रहेको उनले बताए ।

सम्बन्धित खवर