सिएम कन्दङ्वा प्रदेश १ टि २० क्रिकेट प्रतियोगिता दमक र ब्लु स्टार बिजयी - Crazysaptahik.com

सिएम कन्दङ्वा प्रदेश १ टि २० क्रिकेट प्रतियोगिता दमक र ब्लु स्टार बिजयी


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरेमा जारी सिएम कन्दङ्वा प्रदेश १ टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा ब्लु स्टार क्रिकेट क्लब बिराटनगर र दमक क्रिकेट क्लवले जित हात पारेका छ्न ।

पथरी शनिश्चरे १० जिरिखिम्ती स्थित खेल मैदानमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा टर्फ क्रिकेट क्लव बिराटनगरलाई ५ विकेटले पराजित गर्दै ब्लु स्टार क्रिकेट क्लव बिराटनगर बिजयी भएको हो। टस जितेर पहिले ब्याटिङ रोजेको टर्फ क्रिकेट क्लवले निर्धा्रित २० ओभरमा १ सय १४ रन बनाएको थियो। टर्फ क्रिकेट क्लबका लागि रितेश माझीले ३२, सचिनले २१ र अरुण राजबंशीले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय रन जोड्न सकेनन्। टर्फ क्रिकेट क्लबलाई सस्तैमा समेट्न ब्लु स्टार क्रिकेटका मुन्ना मेन्डिसले ३ तथा बिरेन्द्र, अमन र रोनितले समान २–२ विकेट लिए ।


१ सय १५ रनको तार्गेट सहित जवाफी ब्याटिङमा उत्रिएको ब्लु स्टारले १४ ओभरमै लक्ष्य भेटाउदै टर्फ क्रिकेट क्लबलाई स्तब्ध बनायो । ब्लु स्टारलाई जित दिलाउन मुन्ना मेण्डिसले ४३, रोनित सिंहले २९ रनको योगदान गरे। यश खेलको मेन अफ द म्याच बिजेता टिमका मुन्ना मेन्डिस घोषित हुँदै ट्रफी प्राप्त गरे । बुधबार नै दमक क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लब बिच सम्पन्न दोश्रो क्वाटरफाइनल खेलमा दमक क्रिकेट क्लब ३७ रनले बिजयी बन्यो ।

टस जितेर पहिले ब्याटिङ रोजेको दमकले निर्धारित २० ओभर खेल्दै एभरेष्ट क्लबलाई १ सय ४५ रनको तार्गेट दिएको थियो । दमक क्रिकेट क्लबका लागि शोभितले ३०, रोशनले २१, मनोजले १६ तथा गोपालले १६ रन जोडेका थिए । १ सय ४५ रनको लक्ष्य सहित ब्याटिङमा उत्रिएको एभरेष्टलाई दमक क्रिकेट क्लबले १८ ओभरमै अलआउट गर्दै जित हासिल गरेको हो । एभरेष्ट क्रिकेट क्लबलाई सस्तैमा समेट्न दमकका संजिव, ज्ञानेन्द्र , निरज र मनोजले समान २–२ विकेट हात पारे । एभरेष्ट क्लबका लागि नित्य कडालियाले ३०, सौरभ बर्मानले २० र राज बस्नेतले १५ रन बनाए पनि हार टार्न सकेनन् । यस खेलको मेन अफ द म्याच दमकका शोभित बास्कोटा घोषित भए । ५५ हजार ५ सय ५५ रुपैयाँ प्रथम पुरस्कार रहेको प्रतियोगिताको मुख्य प्रायोजन पथरी शनिश्चरे १ मा स्थापित एभरेष्ट आवासीय माध्यमिक विद्यालयले गरेको छ भने टीका फेन्सी स्टोरको प्रायोजन रहेको छ । प्रतियोगितामा दोस्रो पुरस्कार राशी ३३ हजार ३ सय ३३ रुपैयाँ रहेको छ । प्रतियोगिताको फाइनल जेठ १८ गते हुनेछ ।

सम्बन्धित खवर