प्रदेश नं. १ मा कोभिड–१९ परीक्षणको दायरा बढाउन माग - Crazysaptahik.com

प्रदेश नं. १ मा कोभिड–१९ परीक्षणको दायरा बढाउन माग

क्रेजी साप्ताहिक
विराटनगर । प्रदेश नं १ का जिल्ला समन्वय समिति (जिसस)का प्रमुखहरुले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन माग गरेका छन् ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेसँगको बुधबार साँझ यहाँ आयोजित भिडियो कन्फ्रेन्समा उहाँहरुले संयुक्त रुपमा परीक्षणका लागि ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिलाई बढाउन माग गरेका हुन् ।

उहाँहरुले क्वारेन्टाइनमा बसेकाहरुको अनिवार्य आरडिटी गर्नुपर्नेमा जोड दिँदै १४ दिने क्वारेन्टाइन अवधि सकिन लागेको तर्फ मन्त्री घिमिरेकोको ध्यानाकर्षण गराउनुभएको थियो ।

समितिका प्रमुखहरुले क्वारेन्टाइनमा बसेकाको सङ्ख्याका आधारमा किट पठाउन अनुरोध गरेका छन् । इलामका जिसस प्रमुख गणेश बरालले आरडिटी किट अभाव भएको कारण क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गर्न नपाएको गुनासो गर्नुभयो । इलाममा स्वास्थ्यकर्मी र औषधिको समेत अभाव भएको उहाँले बताउनुभयो ।

काठमाडौँ लगायतका विभिन्न जिल्लाबाट आएकाहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्नुपर्नेमा प्रमुखहरुसँग उहाँले जोड दिनुभयो । मन्त्री घिमिरेले घडी हेरेर लकडाउन नखुल्ने भन्दै वडा, पालिका, जिल्ला गर्दै लकडाउन खुल्ने विचार व्यक्त गर्नुभयो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.