नगरपालिकाद्वारा एग्रोभेट पसलहरुलाई अनुरोध - Crazysaptahik.com

नगरपालिकाद्वारा एग्रोभेट पसलहरुलाई अनुरोध

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा सञ्चालित पशुपंक्षी र कृषिजन्य सामग्री विक्री गर्ने ‘एग्रोभेट’ पसलहरुलाई वैधानिक र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि अनुरोध गरिएको छ ।

नगर उपप्रमुख एवमन् नगर अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा नगरको पशुपंक्षी शाखामार्फत आज वडा नम्वर १ को पथरी बजारमा एग्रोभेट पसलहरुको अनुगमनका क्रममा त्यस्तो अनुरोध गरिएको हो ।

पथरी उद्योग वाणिज्य संघका प्रतिनिधि समेतको सहभागितामा पथरीका ५ वटा पसल अनुगमन् गर्दै टोलीले विषादी र खाद्य वस्तु अलग अलग राखेर विक्री वितरण गर्न सुझाव दिइएको छ । कुनै सामग्री प्याकेट बाहेक खुला नबेच्न समेत सचेत गराइएको छ ।

कोरोना भाइरसको संक्रमणको समयमा भौतिक दूरी कायम गरी आवश्यक स्वास्थ्य सजकता अपनाएर मात्र विक्री वितरण गर्न पनि सचेत गराइएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.