क्रेजी साप्ताहिक
वोहायो । संयुक्तराज्य अमेरिकामा जुनियर अनलाइन डान्स प्रतियोगिता हुने भएको छ । अमेरिकाको वोहायोस्थित नक्षत्र फाउण्डेसनको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका गर्न लागू गरिएको लकडाउनका कारण सम्पूर्ण स्कुलहरू अनिश्तिकालीन बन्द अवस्थामा छन् । यसै अवस्थालाई मध्येनजर गर्दै नक्षत्र फाउण्डेसनले सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।
आफ्नो सिर्जनशीलता बढाउनका लागि आयोजना हुने सो प्रतियोगिता ५ देखि १६ वर्ष उमेर समूहका अमेरिकाका विद्यार्थीहरूले भाग दिन पाउनेछन् । सहभागीले एक नृत्य प्रस्तुत गर्नुपर्ने आयोजक नक्षेत्र फाउण्डेसनले जनाएको छ ।
विजेताले १५ सय डलर हात पार्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः एक हजार डलर र ७ सय डलर जित्नेछन् । नाम दर्ता मिति आगमी ९ मेसम्म रहेको छ ।