पथरी उद्योग वाणिज्य संघद्वारा ऋणसापटी १० हजार उपलब्ध गराइने - Crazysaptahik.com

पथरी उद्योग वाणिज्य संघद्वारा ऋणसापटी १० हजार उपलब्ध गराइने

क्रेजी साप्ताहिक
पथरी । विश्वभर फैलिएको भाइरस (कोभिड–१९) को महामारीबाट सिंगो मानव जाति नै आक्रान्त भइरहेको समयमा पथरी उद्योग वाणिज्य संघले संघमा आवद्ध व्यापारीहरुलाई सहयोग स्वरुपम ऋणसापटी १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

पथरी उद्योग वाणिज्य संघले आज एक विज्ञप्ति जारी गर्दै आफ्नो कार्यक्षेत्रभित्र कोरोनाको कुनै पनि असर अहिलेसम्म देखा नपरेको अवस्थालाई सुखद् पक्षको रुपमा लिएको जनाएको छ । र, पथरीशनिश्चरे क्षेत्र भित्र रहनुहुने सम्पूर्ण उद्योगी, व्यापारी व्यवसायी वर्गले हालसम्म कुनै अनियमितता नगरी सरकार, प्रशासन र पथरी उद्योग वाणिज्य संघको आह्वानमा आर्थिक भौतिक र नैतिक हिसावले समेत सहयोग पु¥याइदिएकोमा संघले धन्यवाद ज्ञापन गरेको छ ।

आजकै बैठकले कोरोना भाइरस जोखिम न्यनीकरण एवं आपतकालीन व्यापारिक सहयोग समिति निर्माण गरेको छ । यसै मातहतमा रहने सहयोग कोषबाट संघमा आवद्ध व्यापारी व्यवसायीलाई लक्षित गरी ऋणसापटी सहयोग स्वरुप १० हजार उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तैगरी संघले वित्तीय क्षेत्रमा भएको ऋणको कारोबारमा, नेपाल सरकारको विशेष ध्यान जान वाञ्छनीय हुँदाहुँदै पनि मुलुकको यो विषम परिस्थितिमा खासगरी भाडामा बस्ने पेशाकर्मी, श्रमजीवी र व्यवसायीहरु र निज आश्रित घरपरिवारलाई घरवहाल शुल्कमा स्वेच्छिक रुपमा छुट गरिदिनुहुन अनुरोध गरेको छ ।

यस्तै बैंक तथा वित्तीय क्षेत्रले लिने ब्याज तथा किस्तालाई सरकारले गरेको निर्णयानुसार अनिवार्य कार्यान्वयनमा ल्याइदिनुहुन थप सहयोग माग गर्दै आ–आफ्न स्थानबाट यथासक्य सहयोग पु¥याइदिन व्यापार संघले अपिल गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.