
क्रेजी साप्ताहिक
पथरी । कोरोना संक्रमणबाट जोगिन गरिएको बन्दाबन्दी (लकडाउन) का कारण समस्यामा परेकाहरुका लागि घरेलु लायन्स क्लब र उद्योग महासंघले आज पथरी शनिश्चरे नगरपालिका कार्यालय मार्फत् राहत हस्तान्तरण गरेको छ ।
उता, लायन्स क्लब अफ पथरी र लायन्स क्लब अफ पथरी योङहार्टले आज २ हजार केजी चामल राहतका लागि हस्तान्तरण गरेको छ । त्यस्तै, वडा नम्बर २ का अशोक दर्नाल र अमेरिकामा रहेकी उहाँकी श्रीमती सावित्रा गजमेर समेतबाट ५ सय केजी चामल नगरमा हस्तान्तरण भएको छ ।
नगरका घरेलु उद्योगी सहितका १४ उद्यमीबाट संकलित नगद रकम १ लाख ८२ हजार ६ सय ३० रुपैयाँ नगरको राहत कोषमा जम्मा हुनेगरी नेपाल घरेलु तथा साना उद्योग महासंघकातर्फबाट नगर अध्यक्ष गुरुप्रसाद दहालले आज नगर प्रमुख दिलीपकुमार राईलाई हस्तान्तरण गर्नुभयो । साथै ६ सय वटा मास्क पनि हस्तान्तरण भएको छ ।

लायन्सका भाइस डिस्ट्कि गभर्नर रेवतबहादुर कार्कीको अगुवाईमा नगर प्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिका संयोजक दिलीपकुमार राई, उपप्रमुख एवम् राहत व्यवस्थापन तथा वितरण समिति संयोजक यमुना विष्ट बास्तोला सहितलाई राहत हस्तान्तरण भएको छ ।

