तासको खालबाट १० जना पक्राउ, लकडाउनका कारण तारिखमा छाडिने – डिएपी गिरी - Crazysaptahik.com

तासको खालबाट १० जना पक्राउ, लकडाउनका कारण तारिखमा छाडिने – डिएपी गिरी

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ पथरी वीपी चौकमा आज तासको खालबाट १० जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा माधव कोइराला, मदन गुरागाई, राजेन्द्र बस्नेत, रोशन बुढाथोकी, प्रदिप फुयल, कुमार श्रेष्ठ, कमन सुन्दास, सुगम सुन्दास कुमार बिक, सुर्य गुरुङ रहेका छन् । पक्राउ पर्नेहरुमा स्थानीय नै रहेको बुझिएको छ भने सुर्य गुरुङ झापा दमकको रहेको बुझिएको छ । जुवा खेल्दै गरेको सूचना प्राप्त भएपछि प्रहरीको टोली पुग्दा पथरीको वीपी चौक उत्तर पर्शु गुरुङको घरबाट उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डीएसपी दिलिपकुमार गिरीले जानकारी दिए ।

तासको खालबाट तीन बुङ तास र १६ हजार नगद बरामद भएको प्रहरीले जनाएको छ । सो घट्ना बारे जिल्ला र १ नम्बर प्रदेश प्रहरी कार्यालयमा जानकारी गराएको गिरीले जानकारी दिए । यसरी सो घटनाको जानकारी गिरीले दिए पनि विहिबार साँझ फोन सम्पर्कमा पक्राउ परेका जुवाडेहरु आज छुटे रे ? भन्ने प्रश्नले गिरीले भने–‘अहिलेसम्म छोडेको छैन, लकडाउन भएको कारणले तारिखमा छाडिनेछ ।’ फेरि गिरीलाई प्रश्न गरियो भनेपछि छाडिएको छैन ? उनले बेलिविस्तार लगाउँदै भने –‘तपाई अहिले आएर हेर्न सक्नुहुनेछ पत्रकार ज्यू, मैले छाड्ने काम गरेको छैन ।’ प्रहरी नियन्त्रणमा परेकाहरु सुनचाँदी ब्यबसायी संघ, लायन्स क्लब पथरी, पथरी जेसीजमा आवद्ध व्यक्ति र स्थानीय व्यापारीहरु रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर