कानेपोखरी गाउँपालिका हङकङ समाजले गर्यो मृगौला पीडितहरुलाई सहयोग - Crazysaptahik.com

कानेपोखरी गाउँपालिका हङकङ समाजले गर्यो मृगौला पीडितहरुलाई सहयोग

क्रेजी साप्ताहिक
पथरी । मोरङको कानेपोखरी गाउँपालिका हङकङ समाजले कानेपोखरी गाउँपालिकाका चार जना मृगौला पीडितहरुलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

हङकङ समाजले वडा नं. ४ का मेघनाथ लिम्बु, ५ का समिर विक, ६ का रामकुमार राई र ७ का निर्मला भूजेललाई ५० हजारको दरले थप उपचारको लागि सहयोग गरेको हो । उनीहरुलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले सो रकम हस्तान्तरण गरेको थियो ।

रकम हस्तान्तर गर्दै अध्यक्ष काफ्लेले सम्बोधन गर्ने क्रममा सुरुमा गाउँपालिकाले प्रत्येक मृगौला पीडितलाई २५ हजार दिने भनेर ५ लाख छुट्याएको तर सहयोग माग्दै मृगौला पीडित ३ सय भन्दा बढी पालिकामा आएपछि भने जस्तो पैसा दिन नसकेको उनले बताए । पालिका भित्र मुटुरोगी, बे्रन ट्युमर जस्ता रोगीलाई २५ लाख छुट्याएका थियौं तर वडा हुन्दै पालिकामा त्यस्ता विरामी १५ सय देखि १७ सय जना आएपछि उनिहरुलाई १० हजारको दरले दिएको अध्यक्ष काफ्लेले जानकारी दिए ।

कानेपोखरी गाउँपालिका हङकङ समाजका अध्यक्ष देवनन्द गुरुङको नेतृत्वमा कानेपोखरीबाट हङकङ बस्दै आएका ३५ जनाबाट १२ हजार ५ पाँच सय ७७ रुपैया हङकङ डलर संकलन गरेका थिए । सो डलर बराबरको नेपाली रकम २ लाख रुपैया समाजका अध्यक्ष गुरुङ आफै कानेपोखरी आएका थिए ।

यसअघि पनि समाजले स्वः वागी मुर्मु, सन्तोष सेन्चुरी, भविन्द्र लावती, दिलुमाया गुरुङ, चन्द्र राई, डम्बर ओझा, राजन राई, अनिल परियार र सरस्वती गुरुङ गरी जम्मा ९ जनालाई आर्थिक सहयोग गरिसकेको छ । कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी र वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेतको पनि उपस्थिति रहको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.