नयाँ व्यवस्थापन र सोचका साथ आउँदैछ अन्नपूर्ण मावि - Crazysaptahik.com

नयाँ व्यवस्थापन र सोचका साथ आउँदैछ अन्नपूर्ण मावि

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित अन्नपूर्ण अंग्रेजी माध्यमिक विद्यालय नयाँ व्यवस्थापन र नयाँ सोचका साथ संचालनमा आउँदैछ ।

यस विद्यालयको नयाँ शैक्षिक सत्रदेखि पथरीशनिश्चरेका युवा व्यवसायी÷समाजसेवी भुवन सिंह लिम्बुले संचालकको कार्यभार थाम्ने पक्का भएको छ । अन्नपूर्णको आफ्नो आन्तरिक समस्याका कारण भन्दै केही दिन अगाडि २०७७ सालबाट विद्यालय बन्द गर्ने हल्ला चलिरहेको थियो । सो हल्लालाई हल्लामै सीमित राखिदिएका छन् विद्यालयको नयाँ संचालकको आगमनले ।

अन्नपूर्णको २९ वर्षे इतिहास र धेरै विद्यार्थीको भविष्य जोडिएकोले संस्थालाई निरन्तर अगाडि बढाउन लिम्बुले संस्था हाक्ने निर्णय गरेका हुन् । हाल यस विद्यालयमा ५ सय विद्यार्थी रहेका छन् । विद्यालय बन्द हुने हल्लाले सो विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक र शुभचिन्तकहरु संस्था बन्द हुने भनेपछि निक्कै नै चिन्तित भएका थिए ।

विद्यालयका बारेमा संचालक लिम्बुले भने ‘साविककै भवनमा, पहिलेदेखि कै शिक्षक, कर्मचारी तथा अभिभावकहरुका साथमा नयाँ व्यवस्थापनका साथ हामी अघि बढ्देछौं ।’ उनले पुनः थपे –‘हामी हल्लाको पछि कुद्ने छैनौं, जति सक्दो गुणस्तरीय शिक्षा नै हाम्रो मुख्य प्रतिवद्धता रहनेछ ।’ लकडाउन खुल्ने बित्तिकै विद्यालय संचालनमा आउने भएकाले विद्यार्थीहरुलाई तयारीका साथ बस्न लिम्बुले अनुरोध पनि गरे ।

विद्यार्थी र अभिभावकले विद्यालयको विषयमा केही जानकारी लिनुपरेमा विद्यालयको प्रशासन फाट अहिले खुल्ला नै रहेको छ । केही थप जानकारी लिनुपरे तुरुन्त सम्पर्क गर्न समेत संचालकहरुले आग्रह गरेका छन् ।

सम्बन्धित खवर