
क्रेजी साप्ताहिक
पथरी । भारत सरकारले नेपाली भूमि प्रयोग गरेर चीनसम्म जोड्ने सडक उद्घाटन गरेपछि नेपाल विद्यार्थी संघ मोरङ आन्दोलित भएको छ ।
आइतबार पथरीशनिश्चरेमा नेपाल विद्यार्थी संघ मोरङको आयोजनामा विद्यार्थीहरुले नेपाली झण्डा सहित विरोध प्रर्दशन र नाराबाजी गरेका छन् । विरोध कार्यक्रमको सम्बोधन विद्यार्थी नेता होमनाथ पोख्रेलले गर्न भ्याएका थिए । कार्यक्रममा विद्यार्थी नेता तथा पार्टीका स्थानीय नेताहरुको उपस्तिथि रहेको थियो ।
भारतले नेपाली भू–भाग मिचेर धार्मिक स्थल मानसरोवसम्म जोड्ने सडक निर्माण गरेर उद्घाटन समेत गरेपछि नेबिसंघ विरोधमा उत्रिएको हो । भारतले शुक्रबार उद्घाटन गरेको लिपु लेक जोड्ने लिंकरोडको क्षेत्र नेपाली भू–भाग भएको र नेपाली भू–भाग मिचिँदा समेत सरकार चुप लागेर बसेको भन्दै प्रदैशन गरिएको छ ।

