
क्रेजी साप्ताहिक
बेलबारी । मोरङको बेलबारी नगरपालिका–९ का ३० वर्षीय दिलिप चौधरीको खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार उनी शनिबार साँझ करेन्ट लगाएर दूधे खोलामा माछा मार्दै थिए । त्यस क्रममा करेन्ट लागेर घाइते भएका उनको राति उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जनाए ।
चौधरी लकडाउनका समयमा प्रहरीको आँखा छल्दै लुकिछिपी खोलामा करेन्ट लगाएर माछा मार्न गएको खुलेको छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको डीएसपी राईले जानकारी दिए ।

