लायन्सको मुख्य आयोजनामा दुई स्थानमा रक्तदान कार्यक्रम - Crazysaptahik.com

लायन्सको मुख्य आयोजनामा दुई स्थानमा रक्तदान कार्यक्रम

क्रेजी साप्ताहिक
पथरी । लायन्स क्लब र लियो क्लब अफ पथरी तथा लायन्स र लियो क्लब अफ पथरी योङ हार्टको संयुक्त आयोजनामा आज रक्तदान कार्यक्रम भएको छ ।

जसको रेड क्रस नेपाल विराटनगरको प्राविधिक सहयोगमा सो कार्यक्रम भएको थियो । कोरोना भाइरसको संक्रमणबाट विश्व नै आक्रान्त बनिरहेको समयमा रगत संकलनमा समस्या भइरहेको र यो विषम परिस्थितिमा अझै केही समय लम्बिएर जाने हो भने देशमा रगतको अभाव हुने अवस्था पनि सृजना हुनसक्ने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजकहरुले जानकारी दिएको छ ।

रक्तदान कार्यक्रममा १ सय ४५ पिन्ट रगत संकलन भएको थियो । पथरी शनिश्चरे–५, भोटेघुम्ती र पथरी शनिश्चरे–९, शनिश्चरे बजारमा गरी २ स्थानमा एकै पटक आयोजना गरिएको कार्यक्रममा भोटेघुम्तीमा ८८ जनाले र शनिश्चरे बजारमा ५७ जनाले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा मोरङको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पथरी बहुमुखी क्याम्पस, भोटेघुम्ती कृषि सहकारी संस्था, सुनदह बचत तथा ऋण सहकारी संस्था, कुटो कोदालो कृषि सहकारी संस्था, सुनौलो विहानी युवा क्लव र फुङ्नाम चेस क्लव सह–आयोजकको रुपमा सहभागी भई महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रमका सह–आयोजक सहित रक्तदाताहरु लगायत सम्पूर्णमा आयोजकको तर्फबाट लायन्स क्लब अफ पथरीका प्रेसिडेन्ट रोशन बुढाथोकीले भने–‘लायन्स इन्टरनेशनल ३ सय २५ ए १ गर्भनर अन्तर्गतको एउटा आवह्वान थियो यो विषम परिस्थितिमा रगतको अभाव भइरहेको अवस्थामा सम्पूर्ण लायन्सहरुले सेवा भावले चाहिँ रक्तदान कार्यक्रम सफल पार्ने भन्ने थियो सोही अनुसार हामीले कार्यक्रम गरेका हौं ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.