नगरपालिकाको अगुवाइमा बजार र योजना अनुगमन - Crazysaptahik.com

नगरपालिकाको अगुवाइमा बजार र योजना अनुगमन

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरपालिकाको अनुगमन् समितिले स्वास्थ्य सतर्कता अपनाउँदै विहिबार बजार र योजनाहरुको अनुगमन् गरेको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट बास्तोलाको अगुवाईमा प्रहरी सहितको टोलीले वडा नम्वर १ मा अवस्थित पथरी बजार क्षेत्रमा विहानको समयमा किनमेलमा बढेको भिडभाडलाई नियन्त्रण गर्दै ग्राहक र पसलेलाई स्वास्थ्य सतर्कता अपनाउन र भिडभाडको वातावरण नबनाउन अनुरोध गरेको छ ।

टोलीले, कोरोना भाइरसको संक्रमणबाट जोगिन ज्यादै स्वास्थ्य सतर्कता अपनाउँदै अत्यावश्यक खाद्यान्न खरिद र औषधि उपचार बाहेकका काममा बाहिर ननिस्किन अनुरोध समेत गरेको छ । यस क्रममा, प्राविधिक सहितको टोलीले आजै ३ वटा योजना अनुगमन् समेत गरेको छ ।

वडा नम्वर १० मा अवस्थित नमूना टोलको खगेन्द्र खड्काको घर जाने बाटोमा नगरको ५ लाख रुपैयाँको स्टिमेटमा निर्मित कल्भर्टको अनुगमन् गरेको छ । कल्भर्ट, ४ मिटर लम्वाई, ५ मिटर चौडाई रहेको रहेको छ ।

यस्तैगरी, सोही वडाको सोमबारे बजार हुँदै सयपत्री टोलबाट संगमचोक जोड्ने बाटोको ग्राभेलिङ कार्यको पनि अनुगमन् भएको छ । ४ लाख ६० हजार रुपैयाँको लागतमा ७ सय ४० मिटर लम्वाई र ४ दशमलब ५० मिटर चौडाईको बाटो ग्राभेल भएको हो ।

यस्तै, वडा नम्वर ९ को महाराजाथान पश्चिम डाँसखोला जाने बाटोमा ४ लाख २ हजार ५ सयको लागत स्टिमेटमा स्तरोन्नती गरिएको योजनाको पनि अनुगमन् भएको छ । सो बाटोलाई ४ सय ४० मिटर लम्वाई र ३ दशमलब ५० मिटर चौडाईको बनाइएको हो । टोलीले अघिल्लो पटकको अनुगमन्मा केही थप व्यवस्थित गर्नुपर्ने सुझाव दिएपछि व्यवस्थित गरिएका योजनाहरु तथा अन्य केही निर्माणाधीन योजनाको पनि अनुगमन् गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.