पथरीशनिश्चरेमा यातायात मजदुरलाई राहत वितरण (भिडियो सहित) - Crazysaptahik.com

पथरीशनिश्चरेमा यातायात मजदुरलाई राहत वितरण (भिडियो सहित)

क्रेजी साप्ताहिक
पथरी । लकडाउनबाट प्रभावित अखिल नेपाल यातायात मजदुर संघ जिल्ला समिति मोरङले आज (शुक्रबार) निम्न वर्गका ५० जना मजदुरलाई राहत वितरण गरेको छ ।

विदेशमा बस्ने विभिन्न व्यक्तिहरुले संगठनलाई सहयोग स्वरुप रकम पठाएपछि मजदुरहरुलाई २५ किलो चामद, एक किलो दाल र चामलका दरले राहत वितरण गरेको अखिल नेपाल यातायात मजदुर संघ जिल्ला समिति मोरङका अध्यक्ष पूर्ण कार्कीले बताए ।

राहत पथरी शनिश्चरे नगर क्षेत्रमा सिटी सफारी, ट्याम्पु चलाउने यातायात मजदुरहरुलाई वितरण गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । वितरण कार्यक्रममा संगठनका कोषाध्यक्ष नवीन झोडाली, सह–सचिव डिल्लीसिंह राईको उपस्थिति रहेको थियो ।

यातायात मजदुर संगठनलाई नगरबाट गएर क्यानडा बस्ने छत्र खतिवडा, हर्क खतिवडा सुकर मुक्तान, अमेरिकाबाट रविन बराइली, पूर्ण चौहान, सागर सार्की, अष्ट्रेलियाबाट डिस काफ्ले, कुष्ण कुइकेल लगायतले सहयोग पठाएको अध्यक्ष पूर्ण कार्कीले राहत वितरण कार्यक्रममा जानकारी दिए ।

भिडियो हेर्नुहोस् :-

https://www.youtube.com/watch?v=k8ILHn178nE

 

सम्बन्धित खवर