पथरीको आरती सहकारीबाट ३४ हजार ६ सय सहयोग - Crazysaptahik.com

पथरीको आरती सहकारीबाट ३४ हजार ६ सय सहयोग

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे १ मा स्थापित आरती सहकारी संस्था मार्फत् नगरको कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको राहत कोषमा ३४ हजार ६ सय रुपैयाँ सहयोग प्रदान भएको छ ।

संस्थाकातर्फबाट अध्यक्ष यादवचन्द्र दुलाल सहितले नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिका संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईलाई आज चेक हस्तान्तरण गरेका छन् ।

आरती सहकारीको २१ हजार १ सय तथा त्यहाँ कार्यरत कर्मचारीको २ दिनको तलब समेत गरी ३४ हजार ६ सय रुपैयाँ राहत कोषमा जम्मा गरिएको संस्थाले बताएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.