कानेपोखरीमा मन्त्री ढकालको १ करोड २० लाख बजेट विनियोजन - Crazysaptahik.com

कानेपोखरीमा मन्त्री ढकालको १ करोड २० लाख बजेट विनियोजन

क्रेजी साप्ताहिक
कानेपोखरी । मोरङ क्षेत्र नं ३ बाट सांसद बनेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आर्थिक बर्ष २०७६/०७७ मा कानेपोखरी गाउँपालिकामा १ करोड २० लाख बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले सो बजेटलाई वडा नं. ४ को प्रगति टोलदेखि नारायण चौक हुदै मिलन चौक सडक स्तरोन्नतिलाई १० लाख, वडा नं. ५ को जहदा भौसाबारी २ मिलोमिटर सडक कालोपत्रेलाई ८० लाख, वडा नं. ६ को आदर्श टोल हुदै मेलचौक हुँदै उत्तर जाने बाटो कालोपत्रे २० लाख र वडा नं. ६ कै देउराली डाँडा देखि गुरुङ टोल जाने बाटो स्तरोन्नति १० लाख गरेर बजेट वितरण गरिएको थियो ।

सबै योजना अहिले काम भैरहेको गाउँपालिकाले जनाएको छ । जस अन्तर्गत वडा नं.–४ मा अवस्थित प्रगती चोक, नारायण चोक हुँदै मिलन चोक जोड्ने सडक निर्माण सुरु भएको छ । वडा नं. ४, का वडाध्यक्ष धनबहादुर राई, वडासदस्य रोषन लामिछाने गुरुङ र शिव दुलालको उपस्थितमा सडक निर्माण औपचारीक रुपमा सुरु गरिएको थियो । सो बाटोका ९ सय ९५ मिटर लम्बाई र १३ फुट चौडा ग्राभेल गर्ने स्टिमेट रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.