
क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं ४ मा स्थापित एक्सेल डेभलपमेन्ट बैंक पथरीशनिश्चरे शाखाले १० विपन्न परिवारलाई राहत सहयोग गरेको छ ।
सोमबार बैंकको कार्यलय भएको भवनमा पथरीशनिश्चरे वडा नं ४ सँगको समन्वयमा सरकारले घाषणा गरेको बन्दाबन्दीको कारण समस्यामा परेका परिवारलाई केहि सहयोग पुगोस् भन्ने उद्देश्यले राहत प्रदान गरीएको व्यवस्थापक युवाराज भट्टराईले जानकारी दिए ।
वडाले सिफारीस गरेको प्रत्येक परीवारका लागि २० के.जी चामल, ५ के.जी पिठो, २ के.जी नुन, २ के.जी दाल, २ के.जी चिउरा, २ लिटर तेल, १ के.जी भुजा, हर्दी र मसला लगायतका सामग्री गरी २ हजार २ सय बराबरको राहत प्याकेज वितरण गरीएको हो । १० परिवारको लागि २२ हजार बराबरको सामग्री प्रदान गरीएको व्यवस्थापक भट्टराईले जानकारी दिए । राहत लागि आर्थिक व्यवस्थापन बैंक र बैंकमा कार्यरत कर्मचारीको तलब कटौटी गरी व्यवस्था गरीएको हो ।
वडा नं ४ का जनप्रतिनिधि, कर्मचारी र बैंकका कर्मचारी विर्तामोडमा मुख्यकार्यालय रहेको यस बैंकले आफ्नो ३८ वटा शाखाबाट यहि प्याकेजमा सेवा क्षेत्रमा रहेका विपन्न ४०० परिवारलाई राहत वितरण गरिसकेको छ। बैंकले १ नं प्रदेश सरकारको कोरोना न्यूनिकरण कोषमा ५ लाख सहयोग पनि गरेको छ ।

