नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको पुष्टी - Crazysaptahik.com

नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको पुष्टी

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।

बाराको करैयामाई गाउँपालिका–७ मा अवस्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो । तर सोमबार विहान उनको कोरोना पोजेटिभ भएको रिपोर्ट आएको छ ।

– अनलाइनखबर

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.