पथरीशनिश्चरेमा वडागत क्षतिको विवरण माग - Crazysaptahik.com

पथरीशनिश्चरेमा वडागत क्षतिको विवरण माग

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरमा हावाहुरीका कारण वडाहरुमा भएको क्षतिको यकिन विवरण संकलन गर्न वडा समितिलाई जिम्मेबारी दिएको छ ।

नगर प्रमुख दिलीपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा बुधबार १० वटै वडाका वडाध्यक्षहरुसँग छलफल गरी जेठ १२ गते राती पानी सहितको हावाहुरीले वडाहरुमा पु¥याएको क्षतिको यकिन विवरण चाँडो संकलन गर्न जिम्मेबारी दिएको छ ।

विवरण संकलनपछि कार्यपालिकाको बैठकले त्यसबारेमा आवश्यक निर्णय गर्ने नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.