पथरीशनिश्चरे १० का विपन्न २५ परिवारलाई खाद्यान्न वितरण - Crazysaptahik.com

पथरीशनिश्चरे १० का विपन्न २५ परिवारलाई खाद्यान्न वितरण

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० की सदस्य मनकुमारी विश्वकर्माको पहलमा दोस्रो पटक वडाका विपन्न २५ परिवारलाई खाद्यान्न राहत वितरण भएको छ ।

अमेरिकाको ओहायोमा बसोबास गर्ने १० जना नेपालीबाट प्राप्त ४० हजार रकमले प्रति परिवार २५ किलोग्राम चामल, दाल र नून एक एक किलोग्राम र खानेतेल आधार लिटर प्रदान गरिएको छ ।

जसमा वडा सदस्य विश्वकर्माका साथै कार्यपालिका सदस्य मैनादेवी फूयाँल आचार्य, वडा सदस्य अनोज घिमिरे तथा प्रहरीको साथी म बाट राहत वितरण भएको हो ।

राहतका लागि सहयोग गर्नेमा, सन्त लुहुन राई, हस्त लुहुन राई, विकास लुहुन राई, बेसिका लुहुन राई, मनमाया थुलुङ राई, सन बक्छाली राई, ललित लुहुन राई, जाथु रेक्साङ राई, करिष्मा ताङ्लुवा राई र दारिम लुहुन राई रहनु भएको छ ।

यसअघि पनि विश्वकर्माको पहलमा अमेरिकामा रहनेहरुबाट करीव ७० हजार बराबरको सहयोग प्राप्त भएपछि यसैगरी खाद्यान्न राहत वितरण गरिएको थियो । उहाँले वडा कार्यालयलाई जानकारी गराई यसबेला समस्या रहेकाहरुलाई राहत वन्दोवस्तका लागि पहल गर्नुभएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.