
क्रेजी साप्ताहिक
झिलझिले । झापाको झिलझिलेमा अवस्थित ट्राफिक प्रहरी पोष्टको आइतबार १ नम्बर प्रदेश ट्राफिक कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक भिमबहादुर दाहालले निरीक्षण गरेका छन् ।
दाहालले भर्खरै निर्माण भएको गोलघरको समेत निरीक्षण गरे । निरीक्षणका क्रममा उनले मातहतका ट्राफिक प्रहरीलाई निर्देशन दिदै कोरोना संक्रमणको जोखिमबाट आफू पनि बच्दै सर्वसाधरणलाई समेत बचाउनका लागि चेतनात्मक काम गर्न अनुरोध गरे ।
ट्राफिक प्रहरी पोष्टका इन्चार्ज ट्राफिक प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठले १ नम्बर प्रदेश कार्यालय ईटहरीका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक दाहाललाई पोष्टले गरेका काम कारवाहीका बारेमा जानकारी गराएका थिए ।
श्रेष्ठले झापामै सर्वाधिक मापसेको कारवाही गरेका थिए । उनी १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट समेत पुरस्कृत भएका थिए । निरीक्षणका क्रममा इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुर, दुधेका व्यवसायी तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीका रामप्रसाद मैनालीको उपस्थिति थियो ।

