
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे २ बुद्धचौकमा स्थापित लर्ड बुद्ध साकोसले आज एक कार्यक्रमको आयोजना गरी ज्येष्ठ सदस्यहरुलाई पेन्सन वितरण गरेको छ ।
साकोसले आफ्ना ७० वर्षदेखि माथिका १५ जना ज्येष्ठ सदस्यहरुलाई पेन्सन वितरण गरेको हो । मासिक ७ सय ५० का दरले २०७७ माघ फागुन र चैत्र ३ महिनाको हुन आउने २ हजार २ सय ५० का दरले पेन्सन उपलब्ध गराइएको हो ।
पथरी शनिश्चरे नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष श्री जोगबहादुर धिमालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको अवसरमा प्रमुख अतिथिकै हातबाट पेन्सन वितण गरिएको थियो । संस्थाले प्रत्येक ३÷३ महिनामा पालैपालो नगरका वडाध्यक्षहरुलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरी पेन्सन वितरण गर्दै आएको छ ।

संस्थाले वि.सं. २०७४ वैशाखदेखि आफ्ना ७० वर्षदेखि माथिका सदस्यहरूलाई आजीवन पेन्सन उपलब्ध गराउँदै आइरहेको छ । २०७४ सालभर मासिक २ सय, २०७५ सालभर मासिक ४ सय, २०७६ सालभर मासिक ६ सय र २०७७ बैशाखदेखि मासिक ७ सय ५० का दरले उपलब्ध गराउँदै आएको भत्ता आर्थिक वर्ष २०७८÷०७८ को प्रारम्भदेखि मासिक रु.८ सय ५० का दरले आजीवन उपलब्ध व्यवस्थापक गणेश बाछाना राईले जानकारी दिनुभयो ।

