सेभिया घरेलु मैदानमै विल्वाओसँग पराजित - Crazysaptahik.com

सेभिया घरेलु मैदानमै विल्वाओसँग पराजित

स्पानिस ला लिगाको चौथो स्थानमा रहेको सेभिया एथ्लेटिक विल्वाओसँग १–० ले पराजित भएको छ । सोमबार राति घरेलु मैदानमै भएको खेलमा अन्ति मिनेटमा गोल व्यहोरेपछि सेभिया पराजित भयो । यस हारले सेभियाको उपाधि होड कमजोर बनेको छ ।

विल्वाओलाई ३ अंक दिलाउन खेलको ९०औं मिनेटमा यनाकी विलियम्सले निर्णायक गोल गरे । यस जितपछि विल्वाओ ३४ खेलबाट ४५ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ ।

समान खेलबाट सेभियाको ७० अंक छ । लिगमा चार चरणको खेल बाँकी रहँदा एट्लेटिको मड्रिड ७६ अंकसहित शीर्ष स्थानमा छ भने रियल मड्रिड र बार्सिलोनाको समान ७४ अंक छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.