म्यानचेष्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा - Crazysaptahik.com

म्यानचेष्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी पहिलो पटक युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । रियाद महारेजको दुई गोल मद्दतमा सिटीले सेमिफाइनल दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–० ले पराजित गर्दै समग्रमा ४–१ को जित हात पारेको हो ।

पहिलो लेगमा सिटीले पिएसजीलाई उसैको मैदानमा २–१ ले पराजित गरेको थियो । दोस्रो लेगमा महारेजले दुवै हाफमा एक–एक गोल गरे ।सिटीले अब रियल मड्रिड र चेल्सीबीच हुने अर्को सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलको ११ औं मिनेटमा महारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा महारेजले फिल फोडिनको पासमा व्यक्तिगत दोस्रो गोल गरे ।

एन्जल डि मारायले ६९औं मिनेटमा रातो कार्ड पाएपछि पीएसजीले १० खेलाडीमा सीमित रहेर खेलको अन्त्य गरेको थियो । सन् २०१६ मा च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको सिटी पछिल्लो तीन सिजन क्वाटरफाइनलमा पराजित भएको थियो ।

सिटी यस सिजन प्रिमियर लिगको उपाधि नजिक छ भने लिग कपको उपाधि जितिसकेको छ । एफए कपमा भने सिटी चेल्सीसँग सेमिफाइनलमा पराजित हुँदै बाहिरिसकेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.