
क्रेजी संवाददाता
पथरी । कोरोना सतर्कता अपनाउँदै स्वास्थ्य मापदण्डका साथ मोरङको पथरी शनिश्चरे नगरले आज २ वटा योजनाको अनुगमन् गरेको छ ।
नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्राविधिक सहितको टोलीले वडा नम्बर ८ का २ योजना अनुगमन् गरेको हो ।
नगरको ७ लाख रुपैयाँको बजेटमा ९ सय मिटर लम्बाई, ४ मिटर ४० सेन्टिमिटर चौडाई र १२ सेन्टिमिटर मोटाइको तित्रीगाछी पश्चिम बेलेगाउँ उत्तर बाटोको रोलर लगाएर ग्राभेलिङ सम्पन्न गरेको योजनाको अनुगमन् भएको छ ।
यस्तै, सोही वडाको मंगलबारे ट्रान्सर्फमर दक्षिणको रोलर लगाएर ग्राभेलिङ गरिएको सडकको पनि अनुगमन् गरिएको छ । त्यहाँ, वडाको ९ लाख रुपैयाँको लागतमा १ किलोमिटर १० मिटर लम्बाई, साढे ४ मिटर चौडाई र १२ सेन्टिमिटर मोटाइको सडक निर्माण सम्पन्न भएको हो ।
समितिले वडा नम्बर २ मा निर्माणाधिन नगर अस्पतालको भवनमा टायल विछ्याउने कार्यको पनि अनुगमन् गरेको छ । त्यहाँ कोरोना संक्रमितका लागि कम्तिमा १५ बेडको आइसोलेसन व्यवस्थापनमा नगर जुटेको छ ।

