धोनी पुनः चेन्नईको कप्तान - Crazysaptahik.com

धोनी पुनः चेन्नईको कप्तान

महेन्द्रसिंह धोनी चेन्नई सुपर किङ्सको कप्तानमा पुनः चयन भएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम चेन्नइले धोनीलाई कप्तानको जिम्मेवारी दिएको हो ।

सिजनको सुरुवातमा नै धोनीले कप्तानको जिम्मेवारी रवीन्द्र जडेजालाई सुम्पेका थिए । यो सिजन चेन्नईले उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन् ।

साविकको विजेता चेन्नई यो सिजन प्लेअफमा नै नपुगेर बाहिरिने सम्भावना बढेको छ । चेन्नईले जडेजाको कप्तानीमा ८ खेल खेलेर ४ अंक जोडेको छ ।

सम्बन्धित खवर