च्याम्पियन बायर्न पराजित - Crazysaptahik.com

च्याम्पियन बायर्न पराजित

जर्मन बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख मिन्जसँग ३–१ गोलले पराजित भएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा मिन्जलाई जित दिलाउन जोनाथन ब्रुकार्ड, मोसा निखाटे र लेनार्दाे बारेइरोले एक–एक गोल गरे ।

यता बार्यनका लागि रोबेर्टाे लेवान्डोस्कीले एक गोल गरे । खेलको १८ औं मिनेटमा जोनाथनले गोल गर्दै मिन्जलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा मोसाले गोल गर्दै मिन्जाको अग्रता दोब्बर पारे ।

बायर्नका लागि ३३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थमा ल्याए ।५७ औं मिनेटमा लेनार्दाेले गोल गर्दै मिन्जलाई ३–१ गोलको जित दिलाए । पराजित भएसँगै च्याम्पियन बायर्नले ३२ खेलमा ७५ अंक जोडेको छ । जित निकालेको मिन्जले ३२ अंक जोडर नवौं स्थानमा छ ।

सम्बन्धित खवर