नर्विच सिटी रेलिगेसनमा - Crazysaptahik.com

नर्विच सिटी रेलिगेसनमा

प्रिमियर लिग क्लब नर्विच सिटी रेलिगेसनमा परेको छ । शनिबार राति भएको खेलमा एस्टन भिल्लासँग २–० ले पराजित भएपछि नर्विच रेलिगेसनमा परेको हो । नर्विच सिटी दुई सिजनअघि मात्र प्रिमियर लिगमा बढुवा भएको थियो ।

नर्विचले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ । नर्विचमाथि जित दिलाउन एस्टनलाई जित दिलाउन ओली वाट्कीन्स र ड्यानी इन्ग्सले एक एक गोल गरे ।

जितसँगै एस्टन ४० अंक जोडेर १३ औं स्थानमा उक्लिएको छ । नर्विच २१ अंक जोडेर पुछारमा छ । नर्विच रेलिगेसनमा पर्ने प्रिमियर लिगमा यो सिजनको पहिलो टोली हो ।

सम्बन्धित खवर