कार्लो एन्सेलोटी युरोपको शीर्ष पाँच लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् । स्पेनिस ला लिगा च्याम्पियन रियल मड्रिडका मुख्य प्रशिक्षक एन्सेलोटीले शनिबार ला लिगाको उपाधि जिते ।
एन्सेलोटी ५ युरोपियन लिग जित्ने पहिलो प्रशिक्षक बनेका हुन् । उनले यसअघि चेल्सीका लागि प्रिमियर लिग, एसी मिलानका लागि इटालियन सिरी ए, बायर्नका लागि जर्मन बुन्डेसलिगा र पीएसजीका लागि फ्रेन्च लिग वान जितेका थिए । रियलले शनिबार स्पोनियोललाई हराउँदै ३५ औं पटक ला लिगा फुटबलको उपाधि जितेको हो ।