सहज जितसँगै सिटी शीर्ष स्थानमा - Crazysaptahik.com

सहज जितसँगै सिटी शीर्ष स्थानमा

म्यानचेस्टर सिटी शनिबार राति भएको खेलमा लेस्टर सिटीलाई ४–० गोलअन्तरले रहाउँदै प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।​ लिड्सको मैदानमा सिटीलाई जित दिलाउन रोड्री, नाथन एके, ग्राबियल जिसस र फर्नान्डिन्होले एक–एक गोल गरे ।

खेलको १३ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा नाथनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ७८ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए ।

खेलको इन्जयूरी समयमा फेर्नान्डिन्होले गोल गर्दै सिटीलाई ४–० को जित दिलाए । जितसँगै सिटीले ३४ खेलमा ८३ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लेको छ । पराजित लिड्स ३४ अंक जोडेर १७ औं स्थानमा छ ।

 

सम्बन्धित खवर