नेपाल जिम्बावे‘ए’ सँग खेल्दै - Crazysaptahik.com

नेपाल जिम्बावे‘ए’ सँग खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–ट्वान्टी सिरिजअन्तर्गत आज (आइतबार) जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपाल र जिम्बवे‘ए’ बीच शनिबार एकदिवसीय सिरिज हुने तालिकाका रहेको थियो । तर, वर्षाले खेल प्रभावित भयो ।

त्यसपछि क्यानले खेलको तालिकाका परिवर्तन गरेको थियो । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टू को तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल आजको खेलमा सहज जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ ।

सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रने नेपाललाई घरेलु मैदानमा सिरिज जित्ने अवसर छ । सन्दीपले घरेलु मैदानमा सिरिज जित्ने मुख्य लक्ष्य भएको बताएका छन् । ‘घरेलु मैदानमा सिरिज जित्ने हाम्रो मुख्य लक्ष्य हो । त्यसैका लागि हामीले तयारी गरेका छौँ । जिम्बावे पनि बलियो टोली हो ।

तर, हामीले पनि पूर्ण रूपमा बलियो टोली तयार पारेका छौँ,’ सन्दीपले खेल अघि शुक्रबार भएको पत्रकार सम्मेलनमा भनेका थिए । जिम्बावे‘ए’ पनि बलियो टोली हो । जिम्बावे ‘ए’ नेपाललाई हराएर सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ ।

नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुवै खेलमा नेपाल पराजित भएको थियो । टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ ।

सम्बन्धित खवर