
क्रेजी संवाददाता
पथरी । आसन्न स्थानीय तह निर्वाचनको प्रचार प्रसारका लागि मोरङको पथरी शनिश्चरेमा ४ मा नेकपा एमालेले उम्मेदवार सहितको घरदैलो कार्यक्रम भव्य रुपमा अघि बढाएको छ ।
आज नगर प्रमुख र उपप्रमुखका उम्मेदवार सहित वडा वडामा घरदैलो गर्ने नगरस्तरीय कार्यक्रम ४ नम्वर वडामा सम्पन्न भएको छ । नगर प्रमुखका उम्मेदवार मोहनप्रसाद तुम्वापो र उपप्रमुखका उम्मेदवार देवीमाया काफ्ले तथा वडाध्यक्षका उम्मेदवार प्रेमप्रसाद न्यौपाने, सदस्यका उम्मेदवारहरु कल्पना श्रेष्ठ, मीना विश्वकर्मा, उपेन्द्रबहादुर कार्की र भक्तबहादर राउत सहितको पार्टीको टोलीले घरदैलो गरेको छ ।
वडा नं. ४ को पूलचौकबाट सुरु गरिएको घरदैलो कार्यक्रम शान्ती चौक, नयाँ सोमबारे, सम्झना चौक, सिरिसे डाँडा, भातेगौडा हँुदै कुशल बजारमा कोणसभामा भएको छ । घरदैलो कार्यक्रम राधा कृण्ण टोलमा समापन भएको थियो ।

सो कोणसभामा प्रमुख पदका उम्मेद्वार तुम्वापो र उप–प्रमुखकी उम्मेद्वार काफ्लेले वडावासीलाई सम्बोधन गर्दै विगतमा पूरा नभएका कार्यहरु पूरा गर्ने अठोट व्यक्त गर्दै नगरका थप विकासका धारणा व्यक्त गर्दै आफ्ना प्रतिवद्धता जाहेर गरे ।
वडामा तथा नगर विकासका लागि एमालेको नेतृत्व वडा देखि नगर सम्मनै उत्कृष्ट भएको र सक्षम टिम भएकाले गाउँ ठाउँको विकासमा टेवा पुग्ने कुरामा विश्वस्त रहेको वडावासी पवन घिमिरेले जानकारी दिए ।

