
क्रेजी संवाददाता
धरमपुर । शिवसताक्षीमा वडा र नगरभित्र विकास योजना ल्याउन र त्यसको नेतृत्व गर्न सक्ने नेता हुन्– दुर्गा नेम्बाङ ।
झापाको शिवसताक्षी–१ धरमपुर चर्चाबारी निवासी उनै नेम्बाङले धरमपुर लगायत आसपासको क्षेत्रमा अनेकांै योजनाहरु ल्याउएर सफल पार्ने गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) शिवसताक्षी नगर कमिटी लगायत सो पार्टी सम्बद्ध विभिन्न संघ संगठनहरुमा रहेर सक्रिय राजनीतिक जीवन व्यतित गरिरहेका छन् नेम्बाङ । आसन्न स्थानीय तहको निर्वाचनमा विकासप्रेमी युवा नेता नेम्बाङलाई माओवादी केन्द्रले यस पटक शिवसताक्षी–१ मा वडा अध्यक्षको उम्मेद्वार बनाई अघि बढाएको छ ।
सडक निर्माण, सडकको स्तरन्नोती, विद्युत विस्तार, विद्युतको क्षमता बृद्धि, सञ्चार माध्यम (टेलिफोन मोबाइल) को पहुँच र त्यसको विस्तार लगायत कमल खोलाको बाढी नियन्त्रण, कमल खोलाबाट हुने कटानको रोकथाम, पुल, खानेपानीको व्यवस्थापन र स्थानीय समुदाय बीचमा आर्थिक र राजनीतिक अधिकारका निम्ति उनले अथक योगदान गर्दै आइरहेका छन् ।
लामो समय अभिनय, निर्देशनको अलवा फिल्मी क्षेत्रमा काम गर्दै काठमाडौंमा बसोबास गरेर आफ्नो गाउँ फर्केर सामाजिक सेवामा सक्रिय नेम्बाङले यसअघि (२०७४) को निर्वाचनमा समेत अध्यक्षको उम्मेद्वारी दिएका थिए । सो समयमा नेम्बाङ आफ्नो गाउँ फर्केर आएको छोटो समय थियो । यस पटक उनले आफ्नो वडाभित्रको सवै टोल टोलमा घरदैलोमा र घर परिवारसँग पर्याप्त मात्रामा घुलमिल गरिसकेको छन् ।
समस्या, अभाव र सामाजिक क्रियाकलापका कार्यहरुमा उनको उपस्थिति र सहभागिताले यस पटक उनको उम्मेद्वारीले वडाअध्यक्षको रुपमा बलियो उम्मेद्वार भन्न सकिन्छ । उनीसँगै सोही वडामा नेकपा (एमाले) बाट लक्ष्मी चेम्जोङ र नेपाली कांग्रेसबाट रमेश कुमार राईको उम्मेद्वारी परेको छ । यी उम्मेद्वारीहरुबीच दुर्गा नेम्बाङ बलियो र क्षमतावान नेतृत्व हुन् ।
उनको केन्द्रीय वा संघीय सरकार वा प्रदेश सरकारका मन्त्रालयमा पहुँच छ । अर्थात्, उनको सोझो सम्पर्क पुग्छ । मन्त्रालयहरु होस् या अन्य सेवा उपलब्ध गराउने प्रशासनीक कार्यालयमा उनको राम्रो सम्बन्ध छ ।
तत्कालीन प्रदेश सांसद हाल प्रदेश कृषि मन्त्रीका स्वकीय सचिव समेत भएर काम गरिसकेका नेम्बाङले वडावासीहरुलाई विकास र समृद्धिको सपनाहरु मात्रै होइन, काम गरेर देखाउन पनि सफल हुनेमा वडाका मतदाताहरु ढुक्क छन् ।

त्यसो त, नेम्बाङको पहलमा धरमपुर चौकमा सडकको चौढाले आकार लियो । त्यहाँ अव्यवस्थित बिजुलीका तार र इन्टरनेट कम्पनीका तारहरुले धरमपुर बजारको सुन्दरतालाई कुरुप बनाइरहेको थियो । यी सवैको व्यवस्थापनमा उनको भूमिका थियो ।
यस्तैगरी लक्ष्मी नारायण माध्यमिक विद्यालय पश्चिम कमल खोलामा झोलुङ्गे पुल निर्माण गर्न योजना ल्याउन उनको नेतृत्वमा भएको हो । धरमपुरमा सिचाईको व्यवस्था गर्न, बिजुलीको प्रवन्ध गर्न, तार र पोल विस्तारमा उनको महत्वपूर्ण योगदान छ । यसैले पनि नेम्बाङको पक्षमा वडावासीहरुले बढी नै मतदान गर्छन् भन्ने कुरामा उनी विश्वस्त छन् ।

