
अनमोल समाचारदाता
हसन्दह । आसन्न स्थानीय तह निर्वाचनको प्रचार प्रसारको लागि नेकपा एमाले पथरीशनिश्चरे वडा नं. ५ घरदैलो कार्यक्रम र कोणसभाको आयोजना गरेको छ ।
सोमबार नगरका प्रमुख पदका उम्मेद्वार मोहनप्रसाद तुम्वापो, उप–प्रमुखको उम्मेद्वार देवीमाया काफ्ले, वडा नं. ५ का वडा अध्यक्षका उम्मेद्वार उमानाथ अधिकारी, सदस्यहरु तुलसा कार्की, जनिता सुन्दास, दिलबहादुर मगर, विनय तिम्सिना को टिम सहित वडा नं. ५ मा घरदैलो कार्यक्रम सम्पन्न भएको थियो ।

यसैगरी पार्टीका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, प्रदेश सदस्यहरु दिलिपकुमार राई, विजय डाँगी, देवराज भण्डारी लगायतको उपस्थितिमा हसन्दह बजारमा कोणसभा गरिएको थियो ।
यसरी नै पथरीशनिश्चरेका १० वटै वडामा घरदैलो कार्यक्रम निरन्तर रुपमा भइरहेको छ ।

